अभिनव बने ‘अर्ना म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४’

<span class='c1'>अभिनव बने ‘अर्ना म्यानहन्ट</span> <span class='c2'>इन्टरनेशनल नेपाल २०२४’</span>

काठमाडौं । पुरुषको व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशनल मेल सुपर मोडल’ को नेपाली संस्करण ‘अर्ना म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४’ को उपाधि अभिनव थापाले जितेका छन् ।

उनले उपाधिसँगै आगामी मेमा थाइल्याण्डमा हुने ‘म्यानहन्ट इन्टरनेशनल मेल सुपर मोडल २०२४’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । उनले ‘खल्ती मिष्टर पपुलर’ र ‘एम्पायर मिष्टर पर्सनालिटी’को विधागत अवार्ड पनि जिते ।

प्रतियोगितामा दिलिप नेपाली ‘टेनएक्स मिष्टर फ्रेन्डशीप’ सहित ‘मिष्टर इन्टरनेशनल नेपाल २०२४’ हुँदा युनिक तुलाधर ‘रनर अप’ भए ।

क्लब टेनएक्स्को सहकार्यमा ग्रुुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न प्रतियोगितामा सोयस बलामीले ‘अर्ना मिष्टर ट्यालेन्ट’, सिद्धान्त केसीले ‘ज्यासमिन मिष्टर फिजिक’ र विजय थापाले ‘फोरेन्सिक मिष्टर फोटोजेनिक’ विधाको अवार्ड जिते ।

कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागिहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण दिएका थिए । प्रतियोगितामा फेसन कोरियोग्राफर एवम् अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्