एन्फाको अनुमानित बजेट ६७ करोड ६७ लाख

एन्फाको अनुमानित बजेट ६७ करोड ६७ लाख

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले चालु आर्थिक वर्ष (२०८०/०८१) वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यसमितिमा रहेको विवादकाबिच सोमबार बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । प्रवक्ता सुरेश शाहका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ कोअनुमानित बजेट ६७ करोड ६७ लाख ६६ हजार ०६० रुपैयाँ छ ।

यस्तै साधारणसभाले राष्ट्रको फुटबल क्षेत्रलाई चलायमान बनाउन बार्षिक क्यालेन्डर समेत पास गरेको छ । साधारणपछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहले एन्फाको १ सय ५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित भएको दाबी गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाको बन्द सत्र सुरू हुनुअघि विवाद भएको थियो ।

विवादका कारण एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उदघाटन सत्रमा समेत भाग लिएनन् । १० जनाले विरोध गर्दै भाग नलिदा एक उपाध्यक्ष भने सम्पर्कविहीन छन् । उपाध्यक्ष दावा लामा लागुऔषध मुद्दामा दोषी ठहर हुँदै पाँच वर्ष सजाय निर्धारण भएको सार्वजनिक भएदेखि सम्पर्कविहिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्