आज मगर एकता दिवस मनाइदै

आज मगर एकता दिवस मनाइदै

काठमाडौं । आज ४२ औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् । विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी दिवस मनाउने तयारी छ । ती क्षेत्रमा दर्जनौँ स्थानीय तहले स्थानीय विदा दिएका छन् ।

दिवसका अवसरमा पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सबै स्थानीय तहले स्थानीय विदा दिने निणर्य गरेका छन् । त्यहाँ मगर समुदायका विभिन्न संघसंस्थाहरूले झाँकी प्रदर्शनसहित सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार चार सय ९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्