जनकपुरबाट एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

<span class='c1'>जनकपुरबाट एक वर्षीय बालक</span> <span class='c2'>अपहरण गर्ने महिला पक्राउ</span>

जनकपुर । जनकपुरधामबाट बालक अपहरण गर्ने एक जना महिलालाई पक्राउ गरिएको छ भने बालकको सकुशल उद्धार गरिएको छ।

गत फागुन १२ गते जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

घरको पैसेजमै खेलिरहेको बेला बालकलाई अपहरण गरेर लगेको धनुषा प्रहरीले जनाएको छ । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

बालक अपहरण गर्ने बिभा देवी मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्