माओवादीका प्रदेश इन्चार्ज हेरफेर,कुन प्रदेशको जिम्मा कसलाई ?

<span class='c1'>माओवादीका प्रदेश इन्चार्ज हेरफेर,कुन</span> <span class='c2'>प्रदेशको जिम्मा कसलाई ?</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ । त्यस्तै, मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत राख्दै सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ ।बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन।

यसैगरि, गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सहइन्चार्जमा हरिराज अधिकारी रहेका छन् । लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल रहेका छन् भने सहइन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन् । कर्णाली इन्चार्जको जिम्मेवारी कालीबहादुर मल्लले पाएका छन् भने सहइन्चार्जको टुंगो लाग्न सकेको छैन ।

उता सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज बिना मगर बनेकी छिन् । विशेष प्रदेशको इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् भने सहइन्चार्जमा यशोदा सुवेदी रहेकी छिन् । प्रवास अन्तर्गत मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्