संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री

<span class='c1'>संघीय निजामती ऐन संसद्मा दर्ता</span> <span class='c2'>गर्ने तयारीमा छौं : प्रधानमन्त्री</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन् ।

सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाहालको दाबी थियो ।
उनले भने, ‘मेरो नेतृत्वको सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण,सबै तहमा विकास चुस्त र गतिशिल बनाउने , लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पु¥याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रियहितको रक्षा गर्न प्रतिबद्ध सरकार रहेको छ ।’

प्रधानमन्त्री दाहालले तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए । उनले भने,‘तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको बजेट सिलिङ ,विषय क्षेत्र र प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्