दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो

<span class='c1'>दक्षिण कोरियाको बेरोजगारी दर</span> <span class='c2'>१३.३ प्रतिशत घट्यो</span>

सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ । जनवरीमा एक अङ्कको वृद्धि भएपनि वेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो ।

गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्