मङ्गोलियामा अत्यधिक चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा अत्यधिक चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

उलान बाटोर । मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्ये पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईबस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ । चिसोका कारण हिउँ पर्ने र जमिन जमेको हिउँले ढाकिएका कारण ठुलो सङ्ख्यामा प्राणीहरू मर्छन् ।

मङ्गोलियाको मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिम वर्षा र जाडोको सामना गरेको छ । मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ ।

जीवित घुमन्तेहरूको देश मङ्गोलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ ।

पशुपालनको प्रवर्द्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ ।

सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्