माल्दिभ्सबाट भारतीय सेनाहरु फिर्ता हुँदै

<span class='c1'>माल्दिभ्सबाट भारतीय सेनाहरु</span> <span class='c2'>फिर्ता हुँदै</span>

काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।

भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए । माल्दिभ्सको मिहारु खबरलाई उद्धृत गर्दै एएफपीले २५ भारतीय सेना फिर्ता भएको जनाएको छ । भारतीय सेना माल्दिभ्समा ८८ जना रहेकोमा अरु पनि चाँडै फर्कने विश्वास गरिएको छ । भारतीय सेना फिर्ता भएपछि सुरक्षा जिम्मा माल्दिभ्सको नेशनल डिफेन्स फोर्सले लिएको छ ।
तर, भारत र माल्दिभ्स दुवैले यसको आधिकारिक पुष्टि भने गरेका छैनन् । यसअघि गत मे २९ मा माल्दिभ्समा भारतीय सैनिकलाई बदल्न २६ प्राविधिकको पहिलो टोली माल्दिभ्स पुगेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र माल्दिभ्सबीच भएको सम्झौताअनुसार मे १० सम्ममा भारतीय सैनिक स्वदेश फर्किने जानकारी दिएका थिए । माल्दिभ्समा रहेका भारतीय सैनिकले दुई हेलिकोप्टर र एउटा विमान सञ्चालन गर्छन् ।
प्रायः तिनीहरू उद्धार वा सरकारी कामहरूमा प्रयोग गरिन्छ । भारतीय हेलिकोप्टर र विमानले माल्दिभ्समा मानवीय सहायता र चिकित्सा आपतकालमा त्यहाँका जनातालाई मद्दत जारी राखेका छन् । प्राविधिक कर्मचारीहरू मात्र यी साधन सञ्चालन गर्न पठाइएको छ ।
भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा दुई वटा हेलिकोप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो । यो विषयलाई लिएर माल्दिभ्समा निकै हंगामा भएको थियो ।

मुइज्जुको नेतृत्वमा विपक्षीले तत्कालीन राष्ट्रपति सोलिहमाथि ‘इन्डिया फस्र्ट’ नीति अपनाएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्