चीनका नोबेल विजेता मो यानविरुद्ध मुद्दा

चीनका नोबेल विजेता मो यानविरुद्ध मुद्दा

चीनका नोबेल पुरस्कार विजेता साहित्यकार मो यानविरुद्ध मुद्दा दर्ता भएको छ ।

मुद्दा चीनका राष्ट्रवादी ब्लगर मानिने वु वानझेङले दायर गरेका हुन् । मो यानले आफ्नो पुस्तकमा चिनियाँ सेनाको आलोचना गरेको र जापानका सैनिकहरूलाई गौरवशाली रुपमा देखाएको वुले आरोप लगाए। मो यानको यो काल्पनिक पुस्तक जापानले चीनमाथि गरेको आक्रमणको समयमा आधारित छ।
वु वानझेङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् र राष्ट्रवादी मुद्दाहरूमा आफ्ना विचारहरू सार्वजनिक गर्दै आएका छन् ।

वानझेङले मुद्दामा मो यानसँग १.५ अर्ब युआन क्षतिपूर्ति माग गरेका छन् । प्रत्येक चिनियाँ नागरिकलाई एक युआनको आधारमा क्षतिपूर्ति माग गरिएको छ ।
वु वानझेङले कथित विवादास्पद पुस्तकको बिक्रीमा प्रतिबन्ध लगाउन पनि माग गरेका छन् । यद्यपि चीनको कुनैपनि अदालतले वु वानझेङको मुद्दालाई अहिलेसम्म स्वीकार गरेको छैन ।
यानलाई सन् २०१२ मा साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो । यान उनको उपन्यास रेड सोघमका लागि परिचित छन् । उपन्यास दोस्रो चीन-जापान युद्धमा आधारित छ ।
उपन्यासले एउटै परिवारका तीन पुस्ताको कथा बताउँछ । मो यानले वुन वानझेङले दायर गरेको मुद्दामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यस विषयमा चिनियाँ सामाजिक सञ्जालमा राष्ट्रवादको विषयमा बहस भइरहेको छ ।
कतिपय प्रयोगकर्ताहरूले वु वानझेङलाई समर्थन गरेका छन् भने धेरै प्रयोगकर्ताहरूले यानको पक्ष लिएका छन् र वु वानझेङले प्रख्यात हुनका लागि यस्तो गरेको आरोप लगाएका छन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्