भलिबल च्याम्पियनिसपमा महिलातर्फ एपीएफको विजयी सुरुवात

भलिबल च्याम्पियनिसपमा महिलातर्फ एपीएफको विजयी सुरुवात

काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार विहान भएको पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई ३-० को सहज जित निकालेको हो ।

राष्ट्रिय खेलाडी रहेको एपीएफमाथि मधेश प्रदेशले कुनै पनि बेला चुनौती दिन सकेन । एपीएफले पहिलो सेट २५-८ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २५-७ ले जित्दै आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा एपीएफले एकतर्फी जित निकाल्न सफल भयो । एपीएफले मधेशलाई १ अंकमा छाडेर २४ अंक बनाएको थियो । अन्त्यमा एपीएफले २५-२ को सेटमा जित निकाल्दै पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत आज महिलातर्फ साढे १० बजे नेपाल पुलिस क्लब र कणर्ाली प्रदेशबीच प्रतिस्प्र्धा हुने छ । यसैगरी पुरुषतर्फ भने आज चार खेल हुने छन् । साढे १२ बजे जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदा साढे २ बजे कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबबीचको खेल हुने छ । यसैगरी, साढे ४ बजे मणीमुकुन्द भलिबल क्लब र न्युटन चिल्ड्रेन एकेडमी र अन्तिम खेलमा साढे ६ बजे टिपटप हेल्प नेपाल आमने सामने हुने छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरि कुल २० टोलीको सहभागिता रहेको छ । महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बि मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेश प्रदेश रहेका छन् ।
पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बि मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सि मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डि मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् । प्रतियोगिताको महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उप विजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन् ।

यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०-४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५-१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्