बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसँग बयान लिने तयारी

<span class='c1'>बाँसबारी जग्गा प्रकरण : विनोद</span> <span class='c2'>चौधरीसँग बयान लिने तयारी</span>

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयमा सुरक्षा निकाय र गृह प्रशासनको उच्च व्यक्तिसँग छलफलपछि गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

यस्तै, लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि निर्देशन दिए । उक्त जग्गा प्रकरणमा सांसद विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चौधरीसँग बयान लिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्