दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान

<span class='c1'>दक्षिण एसियाको भाइचाराका</span> <span class='c2'>लागि सांस्कृतिक आदानप्रदान</span>

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुको सांस्कृतिक सम्बन्ध विस्तारका लागि गठित साउथ एसियन फेटरनिटीले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि साँस्कृतिक आदानप्रदान महत्वपूर्ण रहेको बताए । उनले सत्य पालद्वारा स्थापना गरिएको संस्थाले दक्षिण एसियाली मुलुकमा साँस्कृतिक आदानप्रदानका गतिविधिलाई टेवा लिएको उल्लेख गरे । उनले भने ‘यो संस्था सत्य पालले स्थापना गर्नु भएको हो । अटल विहारी बाजपेयी पनि यसमा संस्थापक सदस्य हुनुहुन्छ । पाल भर्खरै दिवंगत हुनुभयो । उहाँले मलाई काठमाडौंमा कार्यक्रममा राखौं भन्नुभएको थियो ।’

दक्षिण एसियाली सहयोग संगठन सार्कको स्थापनाको उद्देश्य दक्षिण एसियाली मुलुकबीच सहकार्य बढाउने भन्ने छ । भारत–पाकिस्तानबीचको सम्बन्धमा आएको तिक्तताका कारण सार्क निष्प्रभावी भइरहेका बेला फेटरनिटीले भने विभिन्न मुलुकमा साँस्कृतिक आदानप्रदानका कार्यक्रम गरिरहेको छ ।
कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पूर्वअर्थमन्त्री महतले भने ‘यो साँस्कृतिक आदानप्रदानको कार्यक्रमले एकआपसमा एकता र सहकार्य बढाउन, एकअर्कालाई बुझ्न मद्दत गर्छ । मित्रता बढाउन मद्दत गर्छ । हामी आपसका मिल्दाजुल्दा कुरा के के छन् बुझौं । सहकार्य गरौं ।’

सत्य पाल भखैरै बिते । उनले मलाई काठमाडौंमा हुने कार्यक्रमको सहजीकरणका लागि आग्रह गरेका थिए । यो सांस्कृतिक आदानप्रदानले एकअर्कालाई बुझ्न, सम्बन्ध विस्तारमा सघाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्