इलाम–२ उपनिर्वाचन : एमालेले ६ जना आकांक्षीको नाम केन्द्रमा पठायो

<span class='c1'>इलाम–२ उपनिर्वाचन : एमालेले ६</span> <span class='c2'>जना आकांक्षीको नाम केन्द्रमा पठायो</span>

विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । उम्मेद्वारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम सिफारिस गरिएको हो ।

पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि सहमति जुट्न नसक्दा ६ जनाकै नाम केन्द्रमा पठाइएको सचिव उमेश गुरुङले बताए ।

पार्टी जिल्ला कमिटीले नेम्वाङ, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको हो ।

सकेसम्म सहमति जुटाएर पठाउने तयारी गरी उम्मेदवार बन्ने इच्छा राखेर निवेदन दिएका सबैलाई राखेर छलफल गरिए पनि सहमति जुट्न सकेन । कसैले पनि आफ्नो निवेदन फिर्ता लिन नचाहेको गुरुङले बताए ।

अब पार्टीको केन्द्रीय कमिटीले नै ती ६ जनामध्येबाट उम्मेदवारको टुंगो लगाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्