वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

काठमाडौं । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो ।

समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा सधैं बैंग्लोरमाथि हावी भएको दिल्लीले फाइनलमा भने मौका गुमाएको हो । यसअघि पाँच पटक आमने सामने हुँदा दिल्ली चार पटक विजयी भएको थियो ।
नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भएको थियो । जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । एलिस पेरीले ३५ रन र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।

यसअघि दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलेकी थिइन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिएकी थिइन् ।
दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुबैले ४३ बलमा ६४ रनको ओपनिङ साझेदारी गरेका थिए । टोलीले ठूलो स्कोर बनाउने देखिए पनि ओपनर शेफाली वर्मा आउट हुनेबित्तिकै विकेट झर्ने प्रक्रिया सुरु भयो ।

टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । टोलीका बाँकी ब्याटरले खास रनको योगदान गर्न सकेनन् । बैंग्लोरका लागि श्रेयंका पाटिलले सर्वाधिक ४ विकेट लिँदा सोफी मोलिनक्सले ३ विकेट हात पारिन् ।

यस्तै, आशा सोभनाले २ विकेट लिइन् । ११४ रनको सहज लक्ष्य बेङ्लुरुका ब्याट्सम्यानले निकै संयमित ढंगले पछ्याएको थियो । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको आधार तय गरेका थिए । दुबैले ४९ बलमा ४९ रनको ओपनिङ साझेदारी गरेका थिए । त्यसपछि कप्तान एलिस पेरी (नटआउट ३५)सँगै टोलीको स्कोर ८२ रनमा पुर्याइन् । स्मृति आउट भएपछि, पेरी र ऋचा घोषले पारिलाई सम्हाल्दै जित दिलाए । पेरीले ३५ तथा घोषले १७ रनको नटआउट पारि खेले। दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए ।

उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाउँदा दिल्लीले ३ करोडमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्