‘अगस्त्य च्याप्टर–१’ हेर्दा महिलाहरुको लागि २५ प्रतिशत छुटको व्यवस्था

<span class='c1'>‘अगस्त्य च्याप्टर–१’ हेर्दा  महिलाहरुको</span> <span class='c2'>लागि २५ प्रतिशत छुटको व्यवस्था</span>

काठमाडौं । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगस्त्य च्याप्टर–१’ले टिकटमा छुटको अफर ल्याएको छ ।

मार्च १८ (सोमबार) सम्पूर्ण महिलाले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको निर्माण पक्षले जनाएको छ ।

समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै महिलाको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको हो ।

तेस्रो सातामा चलिरहेको चलचित्रले मानव तस्करीविरुद्ध आवाज उठाएको छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्