महरालाई काठमाडौंतर्फ डाइभर्ट गरिएको हो : रुपन्देही प्रहरी

<span class='c1'>महरालाई काठमाडौंतर्फ डाइभर्ट गरिएको</span> <span class='c2'>हो : रुपन्देही प्रहरी</span>

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा भैरहवा हुँदै गृहनगर दाङ हिँडेका थिए । उनी रोल्पामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने योजनामा पनि थिए । तर प्रहरीको निगरानीमा रहेका महरा रुपन्देही प्रहरीले कपिलवस्तुको पकडीबाट काठमाडौं फर्काएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले भने,‘महरा सरलाई काठमाडौं फर्काउने केन्द्रको आदेशपछि कपिलवस्तुको सीमाबाट फर्काइएको हो । उहाँ प्रहरीको निगरानीमा हुनुहुन्थ्यो । उहाँलाई काठमाडौंतर्फ डाइभर्ट गरिएको मात्र हो ।’

पूर्वसभामुख समेत रहेका महरालाई विमानबाट काठमाडौं ल्याइँदैछ । त्रिभुवन विमानस्थलबाट उनलाई सोझै प्रहरी हिरासतमा राख्ने प्रहरी स्रोतले जनाएको छ ।
तर महरालाई कपिलबस्तुबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकसँग पुष्टि गरेका छन् । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् ।

महरा यसअघि सभामुख हुँदा पनि संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्