मधेश प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण

<span class='c1'>मधेश प्रदेश प्रमुख भण्डारीले</span> <span class='c2'>गरिन पदभार ग्रहण</span>

काठमाडौं । मधेश प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

मधेश प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् ।

सोमबार मात्रै जनकपुरधाम आईपुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गरिन् । उनले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानूनको परिधिभित्र रहेर काम गर्ने र यसमा सबैको साथ रहने अपेक्षा व्यक्त गरिन् ।

यसअघि नेपाल सरकारले कांग्रेस नजिकका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गर्दा मधेस प्रदेशको प्रदेश प्रमुख पदबाट हरिशंकर मिश्र बर्खास्तीमा परेका थिए । उनको बर्खास्तीसंगै भण्डारीलाई मधेसको प्रदेश प्रमुख पदमा नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्