‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता ’

<span class='c1'>‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा</span> <span class='c2'>राष्ट्रिय सहमतिको आवश्यकता ’</span>

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले , देशको हितलाई केन्द्रबिन्दुमा राख्न अन्य स्वार्थहरू हाबी भएमा पूर्खाहरूले दिएको सार्वभौम राष्ट्रिय सार्वमौकिताको हितको रक्षामा गम्भीर चुनौति पैदा हुने भन्दै राष्ट्रिय सहमतिका लागि सबैलाई आग्रह गरेका हुन् ।

’परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ, । हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राखेर सबैले यस मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राख्न सक्दा कहीँ कतै कुनै कारणले अन्य स्वार्थहरू हाबी हुन दियौं भने त्यसबाट प्रभावित भयौं भने हाम्रा पूर्खाहरूले हामीलाई दिएको यो स्वतन्त्र, सार्वभौम राष्ट्रिय सार्वमौकिताको हितको रक्षामा गम्भीर चुनौति उपस्थित हुन सक्छन् । यस मामिलामा सबैले सबैले परराष्ट्र सम्बन्ध, नीति र राष्ट्रिय हितका मामिलामा राष्ट्रिय सहमति गरौं सबैसँग अपिल गर्न चाहान्छु ।’

रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने, मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्