८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

<span class='c1'>८ दलीय गठबन्धन सरकारको साझा</span> <span class='c2'>न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने</span>

काठमाडौं । वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर दुई सातासम्म काम गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरूसहितको उपस्थितिमा सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले कांग्रेससहितको गठबन्धन तोडेपछि अहिले नेकपा एमालेसहितका ८ दल गठबन्धन सरकारमा छन् । एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

न्यूनतम कार्यक्रम तय गर्ने कार्यदलमा भने एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।
जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शनिबारै शीर्ष नेताहरूलाई मस्यौदा बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्