प्रतिनिधिसभाको बैठक आज पनि, प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज पनि, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बताए । संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न विषयहरू उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले विरोध गर्दै आएका छन् ।

शुन्य समयमा बोल्ने कांग्रेस सांसदहरूले त गृहमन्त्री लामिछानको राजीनामा नै माग्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्