टी–२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

<span class='c1'>टी–२० सिरिजमा आयरल्याण्डविरुद्ध</span> <span class='c2'>अफगानिस्तानको जित</span>

काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।

सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । आयरल्याण्ड भने १७.२ ओभरमा ९८ रनमा रोकिन पुग्यो । पहिला ब्याटिङ गर्दा अफगानिस्तानका इब्राहिम जर्दानले ७२ रनको नटआउट पारि खेले । उनले ५१ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए । यसैगरी मोहमद इसाकले २७ रन जोड्दा सेदुल्लाह अटलले १९ रन बनाए । आयरल्याण्डका सात खेलाडीले एक एक विकेट हात पारे ।
लक्ष्य पछ्याएको आयरल्याण्डको सुरुआत राम्रो भएन । लगातार विकट पतन हुँदा १७.२ ओभरमा आयरल्याण्डको पुरै टिम ९८ रनमा रोकियो । आयरल्याण्डका लागि कर्टिस काम्फरले सर्वाीधक २८ रन बनाउँदा ग्रेथ डेलेनीले २१ रन जोडेका थिए ।

हेरी टेक्टर १६ रनमा आउट हुँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ४ विकेट लिँद्या नभिन उल हकले तीन विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्