चैत्र १४ देखि नेपाल–भारत संस्कृत सम्मेलन

<span class='c1'>चैत्र १४ देखि</span> <span class='c2'>नेपाल–भारत संस्कृत सम्मेलन</span>

काठमाडौं । काठमाडौंमा चैत्र १४–१६ गते नेपाल–भारत संस्कृत सम्मेलन हुन गईरहेको छ ।

नेपाल र भारतका संस्कृतका विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरूको सहकार्यमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन संयोजक डा.प्रेमराज न्यौपानेले जानकारी दिएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली र इन्डिया फाउन्डेशन, नयाँ दिल्ली तीनवटा संस्थाहरूको संयुक्त आयोजनामा यो संस्कृत सम्मेलन हुन गईरहेको हो । उनले यस सम्मेलनबाट नेपाल र भारतका संस्कृत सम्बन्धी साझा धारणाहरू निश्चित हुने भन्दै यो ऐतिहासिक संस्कृत सम्मेलन बन्ने विश्वास लिएको बताए । नेपालमा वि.सं. २०२४ मा पहिलो पटक दाङमा नेपाल भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यसैगरी दोस्रो पटक २०५१ मा, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा भएका थिए ।

नेपाल तथा भारतका संस्कृतका विशिष्ट विद्वान्हरूले गर्ने आपसी सम्वादबाट संसारको कल्याणका लागि संस्कृतको महत्वपूर्ण भूमिका हुन्छ । साथै आगामी गन्तव्य के कस्तो हुनु पर्दछ भन्ने निर्धारण गर्नु आजको आवश्यकता हो भन्नेमा विद्वान्हरूको एकमत रहेको सन्दर्भमा तीन दिवसीय संस्कृत सम्मेलनको आयोजना गर्ने प्रस्ताव गरिएको छ । संस्कृत सम्मेलनको उद्घाटन पहिलो दिन चैत्र १४, २०८० (बुधबार) मा हुने र त्यसपछि दुई दिन विशेषज्ञहरूबाट प्रस्तुतिहरू हुनेछन् । नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपति लगायत अन्य विभिन्न विश्वविद्यालयहरूका उपकुलपति तथा विशिष्ट आचार्यहरूको उपस्थितिमा अनुसन्धानमूलक कृत्तिहरूको प्रस्तुतिकरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्