सहकारी पीडितमाथि अत्यधिक बल प्रयोग बन्द होस् : आयोग

<span class='c1'>सहकारी पीडितमाथि अत्यधिक बल प्रयोग</span> <span class='c2'>बन्द होस् : आयोग</span>

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । प्रहरीलेले शान्तिपूर्ण प्रर्दशन गरेका पीडितमाथि अत्यधिक बल प्रयोग गरेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंमा चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको सुन्धारामा भएको ¥याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको जनाएको छ । साथै अत्यधिक बल प्रयोग गरेर चैत १ गते साँझ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायतका अन्य केही व्यक्तिहरुलाई प्रहरीले कुटपीट गरी घाइते बनाएको भनी आयोगमा उजुरी परेको छ ।
‘यस सम्बन्धमा आयोगमा उजूरी समेत दर्ता भएको छ । साथै, प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी. चैत १ गतेदेखि अनसनमा रहेको र उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको छ ।’

आयोगले पीडित बचतकर्ताहरुको माग सम्बोधन गरी अनसनरत केसीको जिवनरक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । ‘शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेश गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादको माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’आयोगका सहसचिव तथा प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्