प्रेममा घृणापछि क्रुरता : दैनिकजसो बीभत्स हत्याका घटना

प्रेममा घृणापछि क्रुरता : दैनिकजसो बीभत्स हत्याका घटना

सुजता लिम्बु
विराटनगर । प्रेमको परिभाष कुनै शब्दमा बयान गर्दा मात्रैले पनि पुग्दैन । यसको अर्थ बृहत छ । भनिन्छि ‘ प्रेम मानवताको दोश्रो नाम हो । प्रेम गर्नु नै जीवनको खुशी हो । ’
तर, पछिल्लो समय यही प्रेमकै नाममा हुने हत्याका घटनाले समाज कुन दिशातर्फ मोडिदैछ ? भन्ने प्रश्न सबैको मनमा उब्जिन थालेको छ ।
बुधबार बिहान मात्रै मोरङको बेलबारी नगरपालिका–१ मा श्रीमतीको हत्यापछि श्रीमान्ले आत्महत्या गरेका छन् । बुधबार बिहानका राति १ः४० बजेतिर ६० वर्षीय बमबहादुर लिम्बूले धारिलो हतियार प्रहार गरी श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ ।
दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगत्तै बमबहादुर आफूले सोही हतियार ले घाँटी रेटेपछि उनी गम्भीर घाइतेछि उपचारमा लगिएपछि उनको पनि मृत्यु भएको हो ।
फागुन २२ गते रातको १० बजे मोरङको पथरीशनिश्चरे– ७ मा १४ वर्षीया ज्ञानमती थुलुङ राईको हत्या भयो । खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालिका– ५ की मृतक राई मामाको छोरा अर्थात दाईको घरमा बस्दै आइरहेकी थिइन् । उनलाई शौचालय जानेक्रममा धारिलो हत्यार प्रयोग गरेर हत्या गरिएको थियो । ज्ञानमतीको हत्यामा संलग्न रहेको बारा जितपुर सिमरा बस्दै आएका धिरेनकुमार खाँ चोधरीलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । ज्ञानमती र चौधरी प्रेम सम्बन्धामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरु एकपटक घरबाट समेत भागेका थिए । सोही क्रममा उनीहरुलाई जोगवनीतर्फ जानेक्रममा मानव बेचविखन विरुद्ध सक्रिय गैरसरकारी संस्था माइती नेपालले फेला पारी उद्धार समेत गरेको प्रहरीले जनाएको छ ।
समाजिक सञ्जालबाट चिनजान भएको उनीहरुको सम्बन्धमा खटपट आएपछि मृतक राईको नामका फेसबुक एकाउण्ट खोलेर ज्ञानमतीको परिवारलाई दुख दिने समेत गर्ने गरेका थिए । भने , फेसबुक म्यासेन्जर मार्फत फोटोहरु पठाउने जस्तो गतिविधिहरु गर्दै आएका थिए । प्रेम सम्बन्धमा भएको खटपटको कारण नै ज्ञानमतीले कहिल्यै नफर्किने बाटो रोज्न उनको प्रमीले नै बाध्य बनायो ।

यता, पथरी घटना सेलाउन नपाउदै विराटनगरमा नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीय नर्स चन्द्रिकाकुमारीको हत्या भयो ।
सिराहाको लहान नगरपालिका–२१ मोतिपुर घर भएका २२ वर्षीय शिवशंकर दासले प्रेमिका चन्द्रिकाकुमारीको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेका हुन् ।
चार वर्ष अगाडिदेखि उनीहरु प्रेम सम्बन्धनमा रहेको प्रहरीको अनुसन्धनबाट खुलेको छ । शिवशंकरले प्रेमिकाको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेको अवस्थमा आइतबार राति ९ बजे शव भेटिएको थियो । नोबल अगाडि रहेको होटेल फाइनको १०२ नम्बर कोठामा झुन्डिएको अवस्था उनको फेला थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चन्द्रिकाकुमारीको हत्या उनकै प्रेमीबाट भएको देखाएको थियो । बिहीबार ९चैत १ गते० ४ बजेतिर उनको हत्या भएपनि शुक्रबार दिउँसो मात्रै घटना बाहिरिएको थियो । नोबेलको अर्थो विभागमा कार्यरत चन्द्रिकाको घर पनि सिराहाको फुल्काहकट्टी हो । वैशाखमा शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया पुगेका थिए ।

त्यसपछि चन्द्रिका सिराहा घर भएका सिएमए अमित धानुकसँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । प्रेमिकाले आफूलाई धोका दिएको थाहा पाएपछि विक्षिप्त भएका शिवशंकरले मलेसियादेखि आएर उनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । चन्द्रिकाकुमारीले धोका दिएपछि हत्या गरेको र आफू पनि आत्महत्या गर्ने भनेर चन्द्रिकाको दिदीलाई ह्वाट्अपबाट भिडियो कल गरेको भिडयो फुटेज फेला परेकोे प्रहरीले जनाएको छ ।
मलेसियाबाट विराटनगरमा चन्द्रिका बस्ने कोठामा पुगेका उनी तीन दिन उनीसँगै बसेको प्रहरीको अनुसन्धनमा देखिएको छ । त्यसपछि शुक्रबार दिउँसो मदिरा खाएपछि उनको हत्या गरेको अनुसन्धानले देखाएको छ ।
उल्लेखित घटना र पात्र प्रतिनिधिमुलक मात्रै हुन् पछिल्लो समय प्रेम सम्बन्धनमा आएको मनमुटावकै कारण यस्ता घटनाहरु दैनिक जस्तो बढ्दै गएको छ ।

प्रेमपछि घृणा अनि हत्या के भन्छन् विज्ञ ?
प्रेममा एकले अर्काको हत्या नै गर्ने परिस्थिति आउनुमा केही न केही स्वार्थ र अहम भएको हुन सक्ने महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख उपप्राध्यापक डा. चन्द्र उपाध्याय बताउँछन् ।
तेस्रो व्यक्तिले त्यो सम्बन्धमा ९यदि प्रेम नै थियो भने० प्रवेश गरेको हुन् सक्छ ्र अथवा हत्या जस्तो अपराधिक मानोवृत्ति जन्माउने अर्को कुनै मनोवैज्ञानिक, सामाजिक वा आर्थिक कारण पनि हुनसक्ने डा। उपाध्यायको बुझाई छ ।
‘प्रेम मार्फत एक व्यक्तिको अर्को व्यक्तिसँग ९ सामान्यतय पुरुष–महिला बीच०को सामिप्यता मानव जीवनको एक महत्वपूर्ण पाटो हो । मायाको अनुभूति र सामिप्यताको भावनाले हाम्रो सामाजिक र मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्योउँछ।’ उनी भन्छन्,‘ तर सबै सम्बन्धले हाम्रो जीवन राम्रो बनाउँदैन। कतिपय सम्बन्धहरु हाम्रा लागि राम्रो हुदैनन् । तिनीहरूले हाम्रो कल्याणलाई अझ राम्रो बनाउनको सट्टा हानि गर्छन्।’

वफादारीता र इमानदारीता व्यावहारिक रूपमा कुनै पनि सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कारक रहेको बताउदै उनले भने,‘एकले अर्काको हत्या गर्ने जोडीलाई कसरी प्रेमी–प्रेमीका भन्ने रु प्रेममा त एक अर्का प्रतिको बुझाई हुन्छ, सम्मान हुन्छ अनि समर्पण हुन्छ, हैन ररु’
यता, कोशी अस्पतालका मनोचिकित्सक डा। प्रभात चालिसे मानसिक स्वास्थ्य र अपराधमा धेरै सम्बन्ध नहुने भएकाहरुमध्ये १ प्रतिशत हिंसामा संलग्न हुने गरेको पाइएको बताउछन् ।

अपारध गर्ने व्यक्तिमध्ये ५ प्रतिशत मात्रै मानसिक रोगी भएको बताउदै डा। चालिसेले असामाजिक व्यक्तित्वहरु आवेगपूर्ण स्वभाव धेरै भएको मान्छेहरु अपराधमा सम्मिलित हुने तर्क राख्छन् ।
चलचित्रको माध्यमबाट पनि अपराधिक क्रियाकलापका घटनाहरुको नक्कल गर्ने गरेको डा। चालिसके बताउछन् ।
‘अपराधका माध्यमहरुको पहुँच भनेको इन्टरनेटको माध्यमबाट अपराधसम्बन्धी सजिलैसँग पहुँचमा पुग्न सक्छन्, उनी भन्छन्,‘ अपराध समाग्री जस्तै चलचित्रमा देखेको कुराहरु नक्कल गर्ने । चलचित्रमा प्रेममा अस्विकृति हुँदा अपहरण गरेको हत्या गरेको देखाउछ त्यस्तै नक्कल गर्ने नि हुनसक्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्