‘गैरआवासीय नेपालीलाई नागरिकता दिन थालेपछि देश आर्थिक संकटतर्फ’

<span class='c1'>‘गैरआवासीय नेपालीलाई नागरिकता दिन</span> <span class='c2'>थालेपछि देश आर्थिक संकटतर्फ’</span>

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिट्यान्स भित्रियो भन्दै प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण माग गरेका हुन् ।

उनले भने, ‘आज देशमा उद्योगधन्दाहरु बन्द भैइरहेका छन् । व्यापार भएको छैन्, तर मुठिभर मानिसहरु मालामाल छन् । खुलेआम देशको पैसा लुटेर विदेश पठाई रहेका छन् । विदेशी नागरिकता लिएका नागरिकहरु नेपालको सम्पत्ती खुलेआम लागि रहेका छन् जसको कारण देश आर्थिक संकटमा पर्दै गएको छ । यसलाई स्विकार गर्ने कि नगर्ने भन्ने प्रश्न छ ।’सांसद साहले केही नेताहरुले माथिल्लो तहमा बसेर देशलाई बरबाद बनाउन खोजिरहेको बताए ।
देश आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ लागेको उनको आरोप छ ।

उनले भने, ‘देशलाई आर्थिक संकटबाट बचाउने हो भने यस्ता भगौडाहरु जो माथिल्लो तहमा बस्ने र देशलाई लुटेर अवैद्ध ढङ्गले जसरी लगिरहेका छन् यसलाई प्राथमिकतामा राख्न सकिएन भने देशलाई आर्थिक संकटबाट बचाउन सकिदैँन् । हामीले देशलाई आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ हामी गईरहेका छौँ ।’

जनता भ्रष्टाचारबाट दिक्क भइसक्दा पनि सरकारले भ्रष्टाचार रोक्नको लागि कुनै पनि काम नगरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्