मह जोडीलाई आदर्श नागरिक सम्मान

मह जोडीलाई आदर्श नागरिक सम्मान

झापा । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गर्दै मह जोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिए । मह जोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको हो । भारतको दार्जिलिङका प्रख्यात नाटककार सीके श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो ।
पुरस्कृत प्रतिभा हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गरे ।

मदनकृष्ण श्रेष्ठसँगको ४४ वर्षको सहयात्राले आफूलाई यो स्थानमा पु¥याएको भन्दै उनले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए। अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्य उनले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठूलो पुरस्कार रहेको बताए । उनले आदर्श नागरिक सम्मानका रुपमा आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सीके श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताए । उनले ३२ वर्षअघि सिक्किममा मह जोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको बताए । श्रेष्ठले मह जोडी कलाकार वा व्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताए ।
नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपालीभाषीले पनि दुःख पाउने उल्लेख उनले गरे । ‘नेपाल जरा हो, हामी त फल र फूल मात्र हौं,’उनले भने, ‘जरा नै दूषित भयो भने फल र फूलको अवस्था ठिक हुँदैन, त्यसकारण जरा सधैं सही हुनु पर्छ ।’

नेपालले प्रगति गर्दा अरु देशमा रहेका नेपालीभाषीले गौरव गर्ने गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्