रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्रीसँग माग

<span class='c1'>रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क</span> <span class='c2'>घटाउन अर्थमन्त्रीसँग माग</span>

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१।०८२ को बजेटका विषयमा छलफल गरेका छन् ।
अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरे ।

अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए । रेमिट्यान्स पठाउँदा शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैधरुपमा पैसा पठाउने गरेकोतर्फ सचेत गराउँदै अध्यक्ष शर्माले तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यस्था गर्न पनि माग गरे ।

जवाफमा अर्थमन्त्री पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्