योजना आयोगमा चार सदस्य नियुक्त

योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निणर्य सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन् ।

उनले भनिन्,‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमाचूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निणर्य भएको छ ।’

यस्तै सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको पनि उनले जानकारी दिइन् । ‘राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाईनियुक्ति गर्ने निणर्य भएको छ,’उनले भनिन् : नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल-१ र जुगल-२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निणर्य गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्