३१ वर्षपछि फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने

<span class='c1'>३१ वर्षपछि फिल्म ‘बाजीगर’</span> <span class='c2'>पुनः रिलिज हुने</span>

मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ । सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो ।

फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए । यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ । फिल्मकी अभिनेत्री काजोलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा फिल्मको पोस्टर शेयर गर्दै पुनः रिलिजको जानकारी दिएकी छन् ।

‘फ्ल्यासब्याक त्यो समयको, जब फिल्मले स्क्रिनमा जादु छरेको थियो । तपाई सिनेपोलिसको रेट्रो फिल्म फेस्टिभलमा बलिउडको यो क्लासिक फिल्म ‘बाजीगर’का साथ ती दिनको सम्झना गर्न सक्नुहुन्छ, तपाईको नजिक रहेको सिनेपोलिस थिएटरमा रिलिज’, इन्स्टाग्राममा काजोलले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्