काेशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने

काेशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

काेशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताएका छन् ।

यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उनले बताएका हुन् ।

यस्तै, बैठकबाट रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्की र सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिएका छन् । बैठकले प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारकाे सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छयाैटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्