‘ई–स्पोर्ट्स संघले सबैले अनुभुति गर्ने गरि कार्य योजना बनाउन आवश्यक’

<span class='c1'>‘ई–स्पोर्ट्स संघले सबैले अनुभुति गर्ने</span> <span class='c2'>गरि कार्य योजना बनाउन आवश्यक’</span>

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विगतमा नेपाली ई–स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेकै कारण ई-स्पोर्ट्स संघ दर्ता गरिएको बताएका छन् ।

शुक्रबार ई स्पोर्ट्स संघ नेपालको पहिलो साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले स्पोर्ट्स संघले सबैले अनुभूति गर्ने गरी कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ । मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो । मैले कुनैपनि संघ दर्ता गर्न मानिन । तर, संसार जुन परिवेशमा अगाडि बढि रहेको छ, त्यसको आवश्यकतालाई महशुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ ।’

सदस्य सचिव घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले चयन गर्ने केन्द्रीय कार्यसमिति भन्दा पनि त्यो कार्यसमितिले तर्जुमा गर्ने कार्य योजना अझ महत्वपूर्ण हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्