साहित्यकार पोखरेलको ‘कसका लागि’ लघुकथा संग्रह विमोचन

<span class='c1'>साहित्यकार पोखरेलको ‘कसका लागि’</span> <span class='c2'>लघुकथा संग्रह विमोचन</span>

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथा संग्रह विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो ।

कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीलगायतले संयुक्त रुपमा लघुकथासंग्रहको विमोचन गरिएको थियो । विमोचित कृतिका बारेमा प्रा. डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुङ्गेलले समीक्षा गर्नुभएको थियो ।

यसैगरी साहित्यकार बलराम पोखरेल, कृष्ण भण्डारी मार्सेली, प्रेम ओझा, गंगा सुवेदी, देवी पन्थी, रामबाबु दाहाल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । सो समारोहमा प्रतिमा निरौला, प्रिन्स प्रमोद ढकाल, लक्ष्मी रायमाझी पुष्पा बराल र उमा सिजापतिले विमोचित कृतिभित्रका लघुकथा वाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्