छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरे । कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथामिकतामा राखेको बताए । आगमी आर्थिक वर्षको बजेट पनि खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर अगाडी बढने उनले बताए । आइटिएफ तेक्वान्दोलालगायतका खेलकुद गतिविधीहरु पनि आगमी दिनमा प्रदेशमा हुने उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले खेलकुद क्षेत्रलाई राज्यले प्राथामिकतामा राख्नुपर्नेमा जोड दिए । आइटिएम तेक्वान्दो खेलकुदको विकासमा राज्य लाग्नुपर्ने उनले बताए । ‘खेलकुद क्षेत्रमा प्रयाप्त बजेट नराख्ने गरेको कारणले यस क्षेत्र पछि परेको छ,’ उनले भने, ‘खेलकुद क्षेत्रलाई चलायमन बनाउन तीन तहको सरकारले ध्यान दिन जरुरी रहेको छ ।’

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ छैटौं कोशी प्रदेश स्तरीय प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशका ७ वटा जिल्लाका खेलाडीहरुको सहभागिता छन् । प्रदेश स्तरीय प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन विद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ७ वटै जिल्लाबाट खेलाडीका साथै अफिसियलहरुको उपस्थिति छ । प्रतियोगिता आयोजना गर्दा करिब १३ लाख अनुमानित खर्च हुने संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्