बर्षादकाे पानीले पूर्वी नेपालका किसान उत्साहित

बर्षादकाे पानीले पूर्वी नेपालका किसान उत्साहित

मणिराम दाहाल
सुन्दरहरैँचा । लामो समयकाे पर्खाइ पछि पानी परेपछि पूर्वी नेपालका किसान तथा सर्वसाधारण खुसी भएका छन् ।

छ महिना देखि पानी नपरेर जमिन सुख्खा भएकोमा पानी परेकोले यहाँका किसानमा अहिले उत्साह छाएको छ । पानी परेपछि मकै ,गहुँ र अन्य सागसब्जी लगाउँने किसानले ठूलो राहत महसुस गरेकाे सुन्दरहरैँचा नगरपालिका ११ का अगुवा कृषक माेहनलाल श्रेष्ठले बताउँनु भयाे ।उहाँले लामो समय पछिको वर्षाका कारण खेतीपातीमा चिस्यान पुगेकोले किसानले राहत महसुस गरेकाे उल्लेख गर्नुभयाे ।

बर्षातकाे पानीले अभाव भएको सिजनमा पानी परेपछि अन्नबाली पनि सप्रिने कृषकहरूकाे भनाइ रहेको छ । लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले उत्तरी माेरङका अधिकांश किसानले मकै छर्ने बारी समेत खनजोत गर्न पाएका थिएनन्। आकाशबाट पानी परे पछि सहज रूपमा खनजोत गरेर मकै छर्न पाइने भएकोले मनमा खुसि छाएको सुन्दरहरैँचा नगरपालिका ७ का कृषक सारदा रिमालले बताउँनु भयाे ।

लामाे समय देखि पानी नपरेपछि यहाँका खोलानाला र पानीका स्रोत सुक्दै गएका थिए। उत्तरी माेरङकाे सुन्दरहरैँचा , बेलबारी , केराबारी तथा बुढीगंगामा लामाे समयकाे खडेरीका कारण कतिपय घरमा खानेपानीकाे टुवेल समेत सुखेर समस्या भएको थियाे । धुलाेका कारण यहाँ टिनघरका छाना र रूखबिरूवाका पात सेतै भएका थिए । पानी परे पछि धुलाे हटेर टिनका छाना तथा बाेटविरूवा हरिया देखिएर यहाँको वातावरण समेत सफा भएको सुन्दरहरैँचा नगरपालिका ९ का स्थानीय व्यवसायी कुुसुम पाैडेलले बताउँनु भयाे ।

माघ महिनाकाे श्रीपञ्चमीबाट बर्खा लाग्दा पनि खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो। अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने सुन्दरहरैँचा नगरपालिका गाेठगाउँका कृषक धनपति गुरागाईंकाे भनाइ रहेको छ ।

गाईवस्तुलाई सुख्खा पराल खुवाउँनु पर्ने बाध्यता परेकोले अहिले परेको पानीले समयमै घाँससमेत पलाउने कृषकहरूकाे अपेक्षा रहेको छ। आकाशकाे पानीले मलिलाे र चिसाे बढाउँने भएकोले घाँसपात समेत छिटो पलाउने भएकाले यहाँका पशुपालक तथा खेतीकिसान गर्ने कृषक अहिले उत्साहित देखिएकाे सुन्दरहरैँचा नगरपालिकाका कृषिशाखा प्रमुख फणीन्द्र भट्टराईले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्