आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो

आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ ।

बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो । बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेले । त्यस्तै, दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे । पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई/दुई तथा हर्ष पटेल र साम कुरानले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।
जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।

बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई/दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्