अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा

<span class='c1'>अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध</span> <span class='c2'>प्रतिबन्धको घोषणा</span>

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ ।

अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौंदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।
ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दावी गरिएको छ । ह्याकरहरूले अमेरिकाका केही महत्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले यी सातै जनाको बारेमा जानकारी दिने जो कोहीलाई एक करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।
चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी अधिकारीहरू, पत्रकारहरू, निगमहरू, प्रजातन्त्र समर्थक कार्यकर्ताहरू र बेलायतको चुनावी निगरानीकर्ताहरूलाई लक्षित गरी ठूलो मात्रामा अपरेशन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ सरकारका आलोचकहरूलाई उत्पीडन गर्ने र अमेरिकी कर्पोरेशनहरूबाट डाटा चोर्ने र उच्च तहका राजनीतिक व्यक्तित्वहरूको जासुसी गर्ने उद्देश्यले सन् २०१० मा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्