धनगढी उपमहानगरका प्रमुख हमालका छोरी गोवाबाट सम्पर्कविहीन

<span class='c1'>धनगढी उपमहानगरका प्रमुख हमालका</span> <span class='c2'>छोरी गोवाबाट सम्पर्कविहीन</span>

विराटनगर । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकीछिन्।

ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी चैत १२ गते सोमबारदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

हमालले छोरीको खोजीमा सहयोग गरी दिन हुन गोवामा रहेका नेपालीलाई आग्रह समेत गरेका छ।

प्रमुख गोपाल हमालले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :
मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्