ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो साढे ३ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी- ५ का ३७ वर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

घटनामा संलग्न बस र चालक ५९ वर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्