प्रदेश प्रहरी अस्पताल बेलबारीमा नै राख्न आवश्यक छ : डीआईजी खापुङ

प्रदेश प्रहरी अस्पताल बेलबारीमा नै राख्न आवश्यक छ : डीआईजी खापुङ

विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षिक (डीआईजी) चन्द्रकुबेर खापुङले मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल विविध कारणले सरेको र अस्पताल यथास्थानमा नै राख्न आवश्यक रहेको बताएका छन् ।

गत फागुनमा बेलबारीमा प्रहरी अस्पतालको प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका थिए । तत्कालको आवश्यकता पुरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको थियो । तर, एक वर्ष नै नपुगि उक्त अस्पतालका सबै सामान सुनसरीको इनरुवामा सारिएको छ । सोही प्रहरी अस्पतालको प्रशंगमा ईलाका प्रहरी कार्यालय बेलबारीको आवास भवन तथा भान्साघर उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी खापुङले कोशी प्रदेश प्रहरी अस्पताल विविध कारणले सरेको र अस्पताल यथास्थानमा नै राख्न आवश्यक रहेको बताएका हुन् ।

यस्तै उत्तरी मोरङमा लागुऔषध साथै विविध सुरक्षाको चनौती भएकाले इलाका प्रहरी कार्यालय बेलबारीमा प्रहरी नायब उपरिक्षक (डीएसपी)को दर्बन्दिको स्थानीय जनप्रतिनिधिको मागमा डीआईजी खापुङले यो विषयमा हेडक्वाटरमा रिपोर्टिङ भएको र सकारात्मक कुरा पनि भएको उनको भनाई थियो । उनले जनताले प्रहरीको खोजी गर्नु गर्वको विषय रहेको समेत चर्चा गरे ।
‘मलाई गर्व लाग्छ प्रहरीले काम गरिरहेको रहेछ, किनभने प्रहरी चौकीको माग आएकोछ,’ उनले भने,‘ त्यसका लागि घर बनाइदिन्छौ भन्दा पनि हामीले सकिरहेका छैनौँ’ स्थानीय सरकारले प्रहरीलाई धेरै सहयोग र समर्थन गरेको बताउदै उनले भने,‘ उहाँहरुलाई पनि हामी प्रति अपेक्षा छ, त्यो अपेक्षामा खरो उत्रनु हाम्रो काम हो ।’

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले बेलबारीमा डिएसपीको नियुक्त गर्ने भनिएको भएपनि पथरीमा डिएसपी नियुक्त हुँदा बेलबारी ओझलमा परेको बताए । तीन लाख जनसंख्या भएको बेलबारीको जनताको सुरक्षामा मध्यनजर गरेर सुरक्षाको हिसाबले जनशक्ति बढाउनुपर्नेमा समेत उनले जोड दिए । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद अधिकारीले स्थानीय सरकारको सहयोग प्रति अभार प्रकट गर्दै प्रहरीले पनि आफ्नो जिम्मेवारीमा इमान्दारीता हुनुपर्नेमा जोड दिए ।

आवास तथा भान्छाघर उद्घाटन
ईलाका प्रहरी कार्यालय बेलबारीको आज (बुधबार) आवास भवन तथा भान्छाघरको उद्घाटन गरिएको छ । भवानको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक चन्द्रकुबेर खापुङ र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले संयुक्तरुपमा गरेका हुन् । बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका, ग्रामथान गाउँपालिका, रत्नमार्ग टोलविकास संस्था बेलबारी, इलाका प्रहरी कार्यालय , बेलबारीको आन्तरिका श्रोत तथा श्रमदानबाट भवन निर्माण कार्य सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्