उपमेयर कप क्रिकेट प्रतियोगितामा विराटनगर महानगरपालिका फाइनलमा प्रवेश

उपमेयर कप क्रिकेट प्रतियोगितामा विराटनगर महानगरपालिका फाइनलमा प्रवेश

विराटनगर । बेलबारीमा जारी प्रथम कोशी प्रदेश स्तरीय अन्तरपालिका उपमेयर कप क्रिकेट प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा इनरुवा नगरपालिकालाई ११४ रनको फराकिलो अन्तरले हराउदै विराटनगर महानगरपालिका फाइनलमा प्रवेश गरेको छ।

आजको सेमिफाइनल खेलमा प्रदेश सभा सदस्य मान बहादुर लिम्बू प्रमुख अतिथि रहेका थिए। इनरुवा नगरपालिकाले पहिला टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित १५ ओभरको खेलमा ९ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। विराटनगरको लागि श्रवन यादवले अर्धसतकिय पारी खेल्दै १८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । इनरुवाको लागि कुश मण्डलले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।

१५९ रनको लक्ष पछ्याएको इनरुवाले ८ ओभर ३ बलमा ४५ रन बनाउदै सबै विकेट गुमायो। इनरुवाको लागि सोनु मण्डलले सर्वाधिक १४ रन बनाए। विराटनगरको लागि अमन अलिले ३ ओभरमा १२ रन दिदै ४ विकेट लिए। विराटनगरका श्रवन यादव म्यान अफ द म्याच बनेका छन् ।

यादवले १८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए र २ ओभरमा १८ रन खर्चेर २ विकेट समेत लिए।

बिहिबार दोस्रो सेमिफाइनल खेल भद्रपुर नगरपालिका भर्सेस धरान उपमहानगरपालिकाबिच मध्यान्ह १२:०० बजे हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्