झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु,श्रीमान घाईते

झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु,श्रीमान घाईते

झापा । झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया पबित्रा भेटवाल रहेका छन् ।

बुधबार बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ वर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो। भने घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्