आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गर्दै कोशी प्रदेश सरकार

आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गर्दै कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् ।

पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् ।

चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्नमात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीेले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गरेका छन् । ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने, योजना ल्याएको छ । तपाइँ हामीले आँट गर्यौँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ ।’ उनले भने ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा विराटनगर १२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिकरुपमा तिरिरहेका छन् । सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो ।

मुख्यमन्त्री कार्कीले भने, यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ । जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्