‘ग्लोबल मनी विक’ मा नेपाल बैंक लिमिटेडको वित्तीय र डिजिटल साक्षरता कार्यक्रम

‘ग्लोबल मनी विक’ मा नेपाल बैंक लिमिटेडको वित्तीय र डिजिटल साक्षरता कार्यक्रम

विराटनगर । नेपाल बैंक लिमिटेडको कोशी प्रादेशिक कार्यालय र सो अन्तर्गत रहेका १७ वटा शाखा कार्यालयहरुले वित्तीय र डिजिटल साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

'ग्लोबल मनी विक' को अवसरमा कोशी प्रदेशका विभिन्न स्थानहरुमा मिति २०८० चैत ५ गतेदेखि २०८० चैत ११ गतेसम्म वित्तीय र डिजिटल साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो।

कोशी.प्रादेशिक.कार्यालय,सिटी.अफिस.विराटनगर,बिर्तामोड,काकडभिट्टा,धुलाबारी,ताप्लेजुङ्ग,दमक,गाईघाट,गौरादह,पाख्रीबास,भोजपुर,उर्लाबारी,बुधबारे,बसन्तपुर,मिल्स एरिया,दिक्तेल,सल्लेरी र बुधबारे शाखाहरुले विभिन्न विद्यालय र कलेजहरुमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रमहरु गरी एक हजार ४ सय भन्दाबढी विद्यार्थीहरुलाई वित्तीय शिक्षाको बारेमा नेपाल बैंक लिमिटेडको कोशी प्रादेशिक कार्यालयले जनाएको छ।

आधुनिक बैंकिङ्गका विभिन्न आयामहरुलाई समेटदै मौद्रिक बचत र डिजिटल बैंकिङ्गको महत्व र चुनौतीको बारेमा विशेष जोड दिई युवा लक्षित कार्यक्रम नेपाल राष्ट्र बैंकको संयोजनमा प्रत्येक बर्ष गरिदै आएको जानकारी नेपाल बैंक लिमिटेडको कोशी प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्टले बताए।

नेपालको पहिलो बैंंक नेपाल बैंक लिमिटेडले नेपालभर दुई सय २८ शाखाहरु, दुई सय ४ ए.टि.एम. का साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २४ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्