झापाबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ वर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।

त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई- ४ का २३ वर्षीय सलिम आलम र २७ वर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका- ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगरसहित भारत ठाकुरगंज गलगलियाका ३२ वर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्