ओपेनहाइमर’ निर्देशक क्रिस्टोफरलाई ‘नाइटहुड’को उपाधि

<span class='c1'>ओपेनहाइमर’ निर्देशक क्रिस्टोफरलाई</span> <span class='c2'>‘नाइटहुड’को उपाधि</span>

काठमाडौं । विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीबार यसको घोषणा गरेको हो ।

उनले ‘द डार्क नाइट’ र ‘ओपेनहाइमर’ जस्ता कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । फिल्म ‘ओपेनहाइमर’ले त यस वर्षको ओस्कार अवार्डमा ७ विधामा अवार्ड नै उचाल्यो । ओस्कारमा उनले ‘बेस्ट डिरेक्टर’को अवार्ड पोल्टामा पारे । उनले पहिलोपटक ओस्कार जितेका हुन् । अब यिनै क्रिस्टोफरलाई बेलायत सरकारले ‘नाइटहुड’को उपाधि दिने घोषणा गरेको हो । बेलायती प्रधानमन्त्री ऋषि सुनकले बिहीबार सम्मानित हुनेको सूची सार्वजनिक गरेका छन् । सम्मानको सूचीमा क्रिस्टोफरकी श्रीमति तथा फिल्म निर्माता एम्मा थोमसको पनि नाम छ । उनलाई ‘हेमहुड’ अर्थात ‘नाइटहुड’ बराबरको महिला सम्मान प्रदान गरिनेछ । जसमा कन्जर्भेटिभ राजनेता र टेक उद्योगका नेता पनि सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 2 of 3