पेस्तोलसहित एक जना पक्राउ

<span class='c1'>पेस्तोलसहित एक</span> <span class='c2'>जना पक्राउ</span>

काठमाडौं । ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोल सहित काठमाडौंको सरस्वतीनगरबाट समातिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ ।

हाल काठमाडौ महानगरपालिका वडा नं. ०६ सरस्वतीनगर बस्ने गरेका २८ वर्षका प्रशान्तले कपन क्षेत्रमा शंकास्पद गतिविधिहरु गरेको सूचना पाएपछि उनलाई पेस्तोलसहित समातिएको प्रहरीको भनाई छ । प्रशान्तले आफ्नो निवासमा कटुवा पेस्तोल थान १, धारिलो चक्कु थान २, फलामको हम्बर थान १, मोबाईल थान २ पनि राखेकोमा प्रहरीले बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्