मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले गर्यो कारबाही

मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले गर्यो कारबाही

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट इलाम- २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूलाई कारबाही गरेको जनाएको छ ।

लिम्बू प्रेस सेन्टर नेपालका सचिव हुन् । लिम्बूले सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् । प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाबाट उम्मेदवार बनेका लिम्बूलाई पार्टीले शनिबार औपचारिक रूपमा उम्मेदवारको रूपमा इलाममा सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्