इलाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्जित लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा संलग्न ट्याक्टर चालक २६ वर्षीय मनोज राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिईएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्