नेपालमा ट्रकहरुको खरिद–बिक्री हुन छाडेकोमा चिन्ता : सांसद पन्त

नेपालमा ट्रकहरुको खरिद–बिक्री हुन छाडेकोमा चिन्ता : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा मालबाहक ट्रक विक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेपालमा २० हजार ट्रक रहेको बताउँदै पछिल्लो समय ट्रक खरिद–विक्री कम भएको बताए ।

उनले भने, ‘नेपालमा गाडीहरुमध्ये ट्रक विक्री हुन छाडेको छ । जुन मात्रामा पहिले ट्रक विक्री हुन्थ्यो अहिले त्यस्तो छैन । नेपालमा लगभग २० हजार ट्रक छन् । यसरी २० हजार ट्रकले काम पाउन छाड्दा कन्डक्टर र ड्राइभर गरि ४० हजार जनाको रोजगारी खतरामा छ ।’ सांसद पन्तले भारतबाट मापदण्डभन्दा ठूला र गह्रुंगाा ट्रकहरुको आयातले सडकको बजेट समेत बढाएको उल्लेख गरे ।

उनले नेपाली ट्रकहरुलाई भारतमा प्रवेश समेत नपाइने अवस्थामा भारतीय ट्रकहरु नेपालमा निर्वाद रुपमा व्यापार गर्न कति उपयुक्त हुन्छ भन्दै प्रश्न समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्